राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने बताएका छन्।

सभापति लामिछाने पक्राउको विरोधका लागि आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन्। ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो। यसमा कसले कार्यवाहक सभापति पाउँछ या कसले पाउँदैन गौण हो,’ अर्यालले भने।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परे पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन।

रास्वपामा डिपी र स्वर्णिम वाग्ले उपसभापति छन्। पार्टी सभापतिले तोकेका वा ज्येष्ठ उपसभापतिमध्येबाट कार्यवाहक तोक्ने विधानमा व्यवस्था छ। उपसभापति अर्यालले नै यतिबेला बैठकहरूका अध्यक्षता निर्वाह गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय