कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई नेकपा एमालेले निलम्बन गरेको छ।

शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले  अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बन गरेको हो। मानव तस्करीमा मुछिएको आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ। उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गएपनि त्यहाँको अध्यागमन विभागले फिर्ता गरेको थियो।

अधिकारीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन्।

विवाद भएपछि अधिकारीले गत २० गते नै राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय