रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। आइतबार अदालतले ६ दिनको म्याद दिइएको थियो ।

अदालतले दिएको उक्त समयमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रा.लिमा लगेको भन्दै रविमाथि अनुसन्धान थालिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय