चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु फर्किएका छन्।
उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली बिहीबार स्वदेश फर्किएको हो। गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरु फर्किएका हुन्। ९ दिनको भ्रमणलाई छोट्याएर फर्किएको उपसभापति वाग्लेले बताए। आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किनेछन्।
भ्रमण टोलीमा वाग्लेसहित, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल, गणेश पराजुली, तोसिमा कार्की र असिम शाह, तथा नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, तपेश्वर यादव र प्रकाश विष्टलगायत थिए।