परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाएकी छिन्।
सोमबारर संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको बताइन्। राजदूत सिफारिस गर्दा आगामी दिनमा समावेशी र समानुपातिकतालाई मध्यनजर गर्ने मन्त्री राणाको प्रतिवद्धता छ।
मन्त्री राणाले देशमा असमानता, असमावेशिताहरु कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिवद्ध रहेको समेत दाबी गरिन्।