प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्। शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ छन्।

नेपालको संविधानको धारा ७६ को उपधारा ९ मा बढीमा पच्चीस सदस्यीय मन्त्रिपरिषद गठन हुने व्यवस्था छ। यसअघि नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरू भएको र अब ३ जना राज्यमन्त्री थपिएर २५ जना पुगेकाले मन्त्रिपरिषदले पूर्णता पाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय