प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक जनालाई राज्यमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन्। कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन्।
यस्तै नाउपाका अरुण चौधरी पनि राज्यमन्त्री नियुक्त भएका छन्। अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९ मा बढीमा पच्चीस सदस्यीय मन्त्रिपरिषद गठन हुने व्यवस्था छ। यसअघि नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरू भएको र अब ३ जना राज्यमन्त्री थपिएर २५ जना पुगेकाले मन्त्रिपरिषदले पूर्णता पाएको हो।