आज बिहान साढे ११ बजे संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ।

आजकाे बैठकले निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय गर्नेछ। उनको सुनुवाइ सकिइसकेको छ। सुनुवाइ सकिइसकेका हुनाले उनको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय हुनेछ।

संवैधानिक परिषद्ले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुन्छन्।

प्रधानमाथि नैतिकताको प्रश्न उठेकाले उनको नाम अनुमोदन हुन्छ कि हुँदैन भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

प्रधानविरुद्ध यौन हिंसासँग जोडिएका चारवटा उजुरी समितिमा दर्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय