प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ११ जना पहिलो पटक मन्त्री बनेका छन्।

नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जनाले पहिलो पटक मन्त्रीका रूपमा शपथ लिएका हुन्।  कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, तेजुलाल चौधरी, बद्री पाण्डे, अजयकुमार चौरासिया र ऐनबहादुर शाही (ठकुरी) पहिलो पटक मन्त्री बनेका छन्।

देउवा परराष्ट्र, पौडेल स्वास्थ्य तथा जनसंख्या, अधिकारी कृषि, चौधरी युवा तथा खेलकुद, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डययन, चौरासिया कानुन न्याय तथा संसदीय मामिला, र  शाही वन तथा वातावरण  मन्त्री बनेका छन्।

यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलो पटक मन्त्री बनेका हुन्। दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय