नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगोलगाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम तय भएको हो। एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारीउपाध्यक्ष विष्णु पौडेलले सम्हाल्ने भएका छन्।
यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ। स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्रालय, शिक्षा मन्त्रालयमा विद्या भट्टराई, रक्षा मन्त्रालयमा मानवीर राईलाई जिम्मेवारी दिन लागिएको छ।
एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन्। त्यस्तै उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्थासहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन।