राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन्।

पार्टी सभापति रवि लामिछानेलाई बीचबीचमा सम्बोधन गर्दै राखिएको प्रस्तावमा उनले आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो माग गरेका हुन्।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रुपमै धारणा राख्न खोजेका थिए। तर उनले समय पाएका छैनन्।

 

यस्तो उनको प्रस्तावको अंश

गल्फ्रेन्डको कुरा। मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ। तर निर्णय गरिदेओस्। जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस्। देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको छ, गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो। ‘म जान पाइन, एक जना नारी जाने ? मेरो साटो” भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा।

मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै का पार्टीले निर्धारण गरिदेओस्। पार्टीका केहि नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी वि‌द्यालयमा पढ्‌नुपर्छ। जसले नियम बनाउँछ, नैताको छोराछोरीले पर्छ कि पर्दैन? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार। पार्टीको नीति अरुका लागी मात्र बन्ने हो कि आफ्ना लागी पनि? नेताहरु सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन ? आफ्नो इच्छा अनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो? नीति बनाएपछी पालना गर्न तयार छौं ? नेताको आचरण निर्धारण गरी पालना गर्न सबैजना तयार हुन्छन् भने खुशी हुन्छु। नत्र पनि मेरा लागी मात्र भए पनि नीति बनाइयोस्। देश छोडेर जा, देशको हित हुन्छ भन्नु हुन्छ भने पनि गइदिन्छु। राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु। देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईहरु भनिदिनुहोस्।

म सार्वजनिक प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। २०८९ को चुनावमा त्यतिबेलाको आवश्यकता अनुसार निर्णय गरौंला, तर त्यतिबेलासम्म सांसद, मन्त्री वा कुनै पनि प्रकारको सरकारी लाभको पदमा बस्दिन, वा नियुक्ति लिदिन। पार्टी सरकारमा जाँदा पनि व्यवहार जन्य आम जनताका सरुवाका सिफारिस बाहेक कुनै पनि प्रकारले व्यक्ति किटान गरेर सरुवा वा बढुवाका लागी सिफारिस गर्दिन। र पूर्णता पार्टी निर्माणमा लाग्छु। म विश्वास गर्छु, देश निर्माण गर्नका लागी पार्टी निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय