नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेसँग सत्ता सहकार्यका विषयमा सहमति भइसकेको बताएका छन्।
मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफलमा रहेका बेला दाहालले फोन गरेपछि फोनमा देउवाले एमालेसँग सहमति भइसकेको जानकारी गराएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग दाहालले प्रष्ट हुन चाहेका थिए। ‘म ढाँट्न जान्दिनँ। एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो। अहिलेलाई सरी,’ देउवाले दाहाललाई दिएको जवाफ उद्धृत गर्दै कांग्रेसका एक जना पदाधिकारीले भने।
देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे पदाधिकारीहरूलाई ब्रिफिङ गरेका थिए। एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरू सातबुँदे सहमति पढेर सुनाएका थिए। देउवालाई फोन गर्नुअघि दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए। भेटमा ओलीले देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका थिए।