प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा गएका नेपाली नागरिकसँग रातको १२ बजे कुराकानी गर्ने गरेको बताएका छन्। सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रतिनिधिसभा दिँदै प्रधानमन्त्री दाहालले यस्तो जिकिर गरेका हुन्।
आफूले जसरी कुनै पनि प्रधानमन्त्रीले काम नगर्ने उनको जिकिर थियो। सांसद ज्ञानेन्द्र शाहीतर्फ संकेत गर्दै प्रधानमन्त्री दाहालले उनी नै प्रधानमन्त्री बनेपनि यसरी काम गर्न नसक्ने दाबी गरे।
‘नेपाली नागरिक रुसी सेनामा जानु र मारिनुमा दुखद् छु। राती १२ बजे सेनामा गएकासँग मैले कुराकानी गर्ने गरेको छु। हेर्नुहोला तपाईं कुनै दिन प्रधानमन्त्री हुनुभएछ भने तपाईंले पनि यसरी गर्नुहुने छैन। यसरी कुनै पनि प्रधानमन्त्रीले काम गर्दैन,’ उनले भने।
रुसी सेनामा युद्ध लड्न गएका बेला युक्रेनी सेनाले नियन्त्रणमा रहेकाहरूलाई छुटाउन पनि सरकारले गम्भीरतापूर्वक लिएको छ।