सङ्घीय संसद् सचिवालयका कर्मचारीको भत्ता बढाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक सुरु भएको छ।
तलवभत्ता वृद्धिलगायतका माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीको मागका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ।
बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन्।