नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेश प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव अस्विकार गरेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो दललाई मुख्यमन्त्री पद लिन प्रस्ताव आएको बताएका छन्। कांग्रेस, जसपा नेपालसहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरे पनि फेरी एउटै गठबन्धनमा रहनु उचित नभएकाले प्रस्ताव अस्वीकार गरेको बताए। मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समर्थनमा जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री भएका छन्।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal