नवनियुक्त स्वास्यमन्त्री प्रदिप यादवले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
मन्त्री यादवले सोमबार नै राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खाएका छन्। मन्त्रीको सपथ खाए लगत्तै उनी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार लगत्तै उनले स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रीले हस्ताक्षर गरेको फाइल पढेर सुनाउने क्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्दै अगाडि बढ्ने उल्लेख छ।
यसका साथै, मानसिक अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल, नरदेवी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय औषधि प्रयोगशाला, पशुपति होमियोप्याथी चिकित्सालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसको पनि संगठन तथा व्यवस्थापन सर्वे प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।