उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमन विजयी भएका हुन्। कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पराजित गर्दै भण्डारीले जीत हासिल गरेका हुन्। भण्डारीले ११ हजार ६१३ मत प्राप्त गर्दा सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।

शनिबार सम्पन्न उपनिर्वाचनमा उक्त क्षेत्रमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको छ। ६१ हजार सात सय मतदाता रहेको बझाङ प्रदेश सभा १ मा तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय