बझाङको प्रदेश सभाको उपनिर्वाचन अन्तर्गत् जारी मतगणनामा नेकपा (एमाले) का दमन भण्डारीकाे अग्रता कायमै छ।
छबिसपाथिभेरा गाउँपालिकाका ७ वटै वडा र थलारा गाउँपालिका– ९को मतगणना गर्दा एमाले उम्मेदवार भण्डारीले दुई हजार ८७ मत पाएका छन्। दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले एक हजार ३ सय ७४ मत पाएका छन्। तेस्रो ठाउँमा झरेका नेपाली कांग्रेसका उम्मेदवारी अभिषेक सिंहले भने एक हजार २ सय ९२मत पाएका छन्। त्यस्तै चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८ सय ४१ मत पाएका छन्।