नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरू हुँदैछ।

ललितपुर गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे महाधिवेशन परिषद् बैठकको उद्घाटन हुँदैछ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी हुनेछन्।

जसमा राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरू दुई हजार ७३ जना छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनीत गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना र आयोजक गरी दुई हजार ४५४ पुगेको प्रचार विभाग प्रमुख गौतमले बताए।

आइतबारसम्म चल्ने बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै अनुशासन, लेखा, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय