dengue

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्रै पर्ने बताएका छन् ।

नयाँ वर्षको अवसरमा आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेउपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताए ।

Jhada

सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनले भने ।  अहिले संसद्को गतिरोध नहट्नुकाे कारण  कांग्रेस  हाेइन  सरकारकै गैरजिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको  हाे उनले भने । सरकारले संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि नहट्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय