काठमाडौँ – राजेन्द्र लिङ्देल नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ । बिहान साँढे ११ बजे भृकुटीमण्डपमा जम्मा भएर नगरका विभिन्न क्षेत्रहरुमा प्रदर्शन गर्ने बताइएको छ ।
राप्रपाले आजको प्रदर्शनका लागि जिल्ला जिल्लाबाट समेत मान्छे ओसारेको छ । सोमबार बेलुकीसम्म २० वटा गाडी आजको प्रदर्शनका लागि काठमाडौँ भित्रिसकेको प्रहरीको सूचनामा छ । राप्रपाले १ लाख भन्दा धेरै मानिस उतार्ने योजना तर्जुमा गरेको छ । तथापि प्रहरीले १० हजारको हाराहारीमा आन्दोलनकारी हुन सक्ने आँकलन गरेको छ ।
राप्रपाको मुख्य एजेन्डा राजतन्त्रको पुनर्बहाली , हिन्दु राज्यको पुनर्बहाली, सङ्घीयता खारेजीलगायतका छन् ।
आन्दोलनमा अप्रिय घटना हुन नदिन प्रहरीले करिब ६ हजार प्रहरीलाई फिल्डमा खटाउने भएको छ । एक प्रहरी अधिकृतका अनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकमा विशेष प्रहरी खटाइने तयार िगरिएको छ ।
सोमबार बेलुकी राप्रपासम्बद्ध नेपाल सनातन धर्मसंस्कृति सङ्गठनले भृकुटीमण्डपबाट गौशालासम्म पेदलयात्रा गर्दै गणतन्त्रको प्रतीकात्मक विरोध गरेका थिए ।