५० वर्षकै लामो खग्रास सूर्यग्रहण आज लाग्दै छ ।

ग्रहणको समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र पृथ्वीमा अँध्यारो हुनेछ । हिजो चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आएको थियो र दुई बीचको दूरी मात्र ३ लाख ६० हजार किलोमिटर रहेको थियो ।

ग्रहणको समयमा सूर्यबाट पृथ्वी र चन्द्रमाको औसत दूरी करिब १५ करोड किलोमिटर हुनेछ । जसका कारण कुल सूर्यग्रहण करिब ७ घण्टा ५ मिनेटसम्म रहनेछ । यो आफैमा दुर्लभ घटना हो।

यसअघि सन् १९७३ मा अफ्रिकी महादेशमा यस्तो लामो सूर्यग्रहण देखिएको थियो । पूर्ण सूर्यग्रहण दक्षिणी प्रशान्त महासागरबाट सुरु हुनेछ। यो उत्तरी अमेरिका र मेक्सिको हुँदै क्यानाडा पुग्नेछ। कोस्टारिका, क्युबा, डोमिनिका, फ्रेन्च पोलिनेसिया र जमैका जस्ता देशहरूमा पनि आंशिक रूपमा देखिनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन किनभने त्यो बेला यहाँ रात हुनेछ । सन् २०२४ मा कुल दुईवटा सूर्यग्रहण हुनेछन् ।

दोस्रो सूर्यग्रहण अक्टोबर २ मा लाग्नेछ। यो एक एन्युलर सूर्यग्रहण हुनेछ, जसमा रिंग अफ फायर पनि देखिनेछ। यो सूर्यग्रहण अर्जेन्टिना र चिली जस्ता दक्षिण अमेरिकी देशमा देखिने छ । यो आंशिक रूपमा दक्षिण अमेरिका, अन्टार्कटिका र प्रशान्त महासागरमा देखिनेछ। यहाँ रात हुने भएकाले नेपालमा सूर्यग्रहण देखिने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय