काठमाडाैँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली खेलाडीले टि २० विश्वकप २०२४ मा लगाउने जर्सी सार्वजानिक गरेको छ ।
नर्सीमा नेपालको झण्डाको निलो र रातो रङ मिश्रित छ भने दुवै काँधमा नेपालको झण्डा छ। यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ। छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ।
आगामी टि २० विश्वकप २०२४ अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा जुनमा सुरु हुनेछ । यस प्रतियोगितामा नेपाल समूह डीमा रहेको छ । नेपालसँगै समूह डीमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्सजस्ता बलिया देशहरु छन् ।
पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी२० विश्वकपमा २० टिमले सहभागिता जनाउँदै छन् । यस विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर८ मा पुग्नेछन्। सुपर ८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।
विश्वकपमा रहेका देशहरुको समूह
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल