चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजदेखि विक्रम बाबा मेला सुरु भएको छ ।
चैतेदसैंलाई लक्षित गरी हरेक वर्ष चैत औँसिदेखि पूणिर्मासम्म मेला लाग्छ । चैते दसैँमा हजारौंँ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । विक्रम बाबाको पूजा परापूर्वकालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढेको देखिन्छ । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ति, सुखलगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । किवंदन्तीअनुसार वनाम गरेको आदीबासीको ९गुरौ० बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।
मेलामा चितवनसहित अन्य छिमेकी जिल्लाबाट दर्शनार्थी तथा भक्तजन आउने गर्छन् । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले आज संयुक्त रुपमा विक्रम बाबाको पूजा आराधना गरी शुभारम्भ गरेका हुन् ।
मेला १५ दिनसम्म चल्नेछ ।