आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ।
घाेडेजात्राका अवसरमा नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ। घोडेजात्रा पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदाको घोषणा गरेको छ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यस जात्राको विशेष महत्व छ। धेरैवर्ष पहिलेदेखि टुँडिखेलको पूर्व–दक्षिण भागमा रहेको एउटा रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको जनविश्वास रहिआएको छ। स्थानीयवासीले अनेकौ जुक्ती लगाइए त्यस राक्षसको संहार गरेपछि प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन सुरु भएको हो।