काठमाडौं –  सुनको मूल्य बिहीबार हालसम्मकै उच्चमा कारोबार भएको छ । आज सुनको मूल्य तोलामा हजार रुपैयाँले बढेर  प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । केही दिनयता सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै आएको छ । बुधबार पनि प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । सुनको मूल्य बिहीबार त्योभन्दा माथि पुगेर नयाँ रेकर्ड बनाएको हो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय