काठमाडौं – गत आइतबारबाट परेको मुसलधारे पानी र असिनाका कारण पूर्वी चीनको जियाङ्सी प्रान्तमा मृत्यु हुनेहरूकोे सङ्ख्या ७ पुगेको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन्।
जियाङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयको तथ्याङ्क अनुसार बुधबार सम्म प्रान्तीय राजधानी नानचाङसहित नौ शहरका ५४ काउन्टीहरू खराब मौसमबाट प्रभावित भएका थिए। वर्षाका कारण ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन्।
खराब मौसमका कारण पाँच हजार ७०० हेक्टर क्षेत्रमा लगाएको बाली र १२ हजार घरमा आंशिक क्षति भएको छ। वर्षाले अन्य ८० हजार घरहरूमा सामान्य क्षति पु¥याएको छ। प्रकोपले गर्दा निम्त्याएको आर्थिक नोक्सानको प्रारम्भीक अनुमान १५ करोड युआन पुगेको छ।
प्रान्तीय मुख्यालयले मङ्गलबारदेखि तीन चरणमा बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया सुरु गरी असहज मौसमको कारण नदीको बाढीको जोखिमबाट सचेत रहन प्रेरित गरेको छ।

प्रान्तीय मौसम विभागले गम्भीर मौसम जारी रहँदा नागरिकलाई घरबाहिर नजान र भारी वर्षाको अवस्थामा प्रभावित क्षेत्रहरूबाट अन्यत्र जाँदा खोला नदीहरूमा सावधानी अपनाउन वा यात्रा नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय