काठमाडौं –  काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागले  एक  सुचना जारी गर्दै महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरले आग्रह गरेको हो ।

शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले स्मरण गराएको छ ।

जारी सुचनामा भनिएको छ शिक्षा नियमावली, २०५९ ९संशोधन सहित०को नियम १५४ ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएपनि काठमाडौं महानगरपालिका अन्तर्गतका अधिकांस संस्थागत विद्यालयहरुको नामनियमावलीमा व्यवस्था भए भएबमोजिम नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयलहरुले नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालयको नामाकरणको प्रकृया अगाडि बढाइ एक महिनाभित्र विद्यालय व्यवस्थापन समीतिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नुहुन अनुरोध छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय