काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार अनामनगर स्थित पार्टीको केन्द्रीयकार्यलयमा हात हालाहाल भएको छ । पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

  1. ‘निर्वाचन आयोगले रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएपछि पार्टीमा निकै विवाद बढेको छ ।’ निर्वाचन आयोगले मान्यता नदिए पनि रेशम धरी समूहलाई पनि समेटेर लानुपर्छ भन्ने हाम्रो भनाइ हो । बैठकमा उपस्थित एक नेताले बताए ।
    संस्थापन पक्ष भनेर अध्यक्ष रञ्जिता श्रेष्ठको समूहले चौधरी पक्षलाई पाखा लगाउन खोजेको उनको तर्क छ । रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो । उनले भने, ‘यसरी त पार्टी कसरी चल्छ ?’
  • सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने  रन्जिता पक्षका नेताहरू त्यसको विपक्षमा रहदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय