काठमाडौं – एकीकृत समाजवादी पार्टीको अडानपछि समस्याको गाँठो फुकाउन सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।

आलोपालोमा सहमति भएपछि भने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । जम्मरकट्टेलले सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो ।

प्रदेश सरकारमा अप्ट्यारो स्थिति आउने देखेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबिच छलफल भयो । त्यहाँ आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लिने सहमति भएको एक नेताले जानकारी दिए । ‘आलोपालोमा एकीकृत समाजवादीलाई पनि समेट्ने भन्ने भएको छ’ उनले भने, ‘अहिले माओवादी नेतृत्वको सरकारले निरन्तरता पाउने छ ।’

नेताहरुका अनुसार यससँगै एकीकृत समाजवादीले मुख्यमन्त्रीमा पालो पाउनेछ । यो सहमतिअनुसार एमाले, माओवादी र एकीकृत समाजवादीमध्ये यसपछिको पालो एकीकृत समाजवादीले पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय