काठमाडौँ — शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एस इ इ) परीक्षा आजबाट सुरु हुँदै छ ।
यस वर्ष सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदै छन् ।
आजदेखि देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको पहिलाे दिन अनिवार्य अङ्ग्रेजीकाे परीक्षा हुँदै छ ।
‘यसपालिको परीक्षा यसकारण पनि विशेष छ कि, यस वर्ष नयाँ पाठ्यक्रममा आधारित भएर परीक्षा दिँदै छन् भने यसैपालिबाट ३५% भन्दा कम अङ्क ल्याउने विद्यार्थीको ग्रडिङ आउने छैन र उनीहरूले ग्रेडिङ पाउनका लागि पूरक परीक्षा दिनुपर्ने छ ।’ प्रा. डा. महाश्रम शर्माले भनेका छन् ।
परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।