काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै कार्यक्रम स्थगित गरेकी हुन्। संघीय तहबाट विद्यालय तहको योजना छनोट गर्नु गलत भएको निष्कर्ष निकाल्दै स्थानीय तहमा बजेट पठाउने निर्णय गरेकी हुन् । आगामी वर्षदेखि स्थानीय तहमा सिधै बजेट पठाउने मन्त्रालयले तयारी गरेको छ ।

अब कार्यक्रमअन्तर्गत विद्यालयको भवन निर्माण, सूचना प्रविधि, ल्याब र प्राविधिक धार सञ्चालनका लागि बजेट तर्जुमाकै क्रममा स्थानीय तहमा बजेट पठाउने तयारी भएको छ । यसअघि संघबाट योजना छनोट गरिन्थ्यो । जसका कारण विकृति बढेको भन्दै आलोचना भइरहेको थियो । यो शीर्षकमा मन्त्रालयलमा ठूलो रकम विनियोजन हुँदै आएको छ । यस वर्ष पनि १ अर्ब रुपैयाँ यसका लागि छुट्याइएको छ।
चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय समेत अत्यन्त कम भएको जनाएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भएका स्रोतहरु पनि उपयोग नभएको मन्त्री श्रेष्ठको बुझाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय