पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन भएको छ।
डा मिश्रको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा मा गएराती साढे ९ बजे निधन भएको परिवारले जनाएको छ।
पित्तथैलीमा ट्युमर देखिएपछि उनी उपचारका लागि दिल्ली गएका थिए। तर सर्जरी भइसकेपछि उनलाई मस्तिष्कघात भएको थियो त्यसपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। डा. मिश्रले मन्त्रालयमा सचिवका रुपमा झण्डै पाँच वर्ष काम गर्ने मौका पाएका थिए। २०६६ सालमा सचिव भएका उनले २०७१ सालसम्म सेवा गरेका थिए।