
राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने माग राख्दै राजनीति गरिरहेका शक्तिहरूले काठमाडौँमा आइतबार दिउँसो शक्ति प्रदर्शन गर्ने भएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कने दिनको मेसो मिलाएर राजावादीहरूले शक्तिप्रदर्शन गर्ने तयारी गरेका हुन्। आइतबार काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’ मा राखिएको छ।
प्रहरीसँगै आइतबार सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारीहरू पनि खटिएका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबारका लागि आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।