काठमाडौं। बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा २२ वर्षिय अनिल विकले २१ वर्षिया श्रीमती सुशीला सुनारको हत्या गरेका हुन्। श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। बर्दियाको बाँसगढी घर भएका विक पर्वतिपुरकै एक फ्याक्ट्रीमा काम गर्दै आएका थिए।
श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर हत्याको कारणबारे अनुसन्धान गरिरहेको छ।