काठमाडौं- झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि सर्वोच्चले बाटो खोलेको छ । सर्वोच्च अदालतको संयुक्त इजलासले बिएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको हो ।
न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुर्‍याएको भए सम्बन्धन दिन आदेश जारी गरेको हो । यो आदेशसँगै काठमाडौं विश्वविद्यालयबाट बिएण्डसीले डाक्टर पढाउन अनुमतिका लागि बाटो खुला भएको छ । बिएण्डसीविरुद्ध शशीबिक्रम कार्कीले हालेको रिटमा सर्वोच्चले कानुन बमोजिम गर्नु भनेर आदेश दिएको छ ।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउनका लागि हालेको रिट जारी भएपछि बिएण्डसीले डाक्टर पढाउन पाउने पाउने भएको हो ।बीएण्डसीले सम्वन्धन पाउन भन्दै विसं २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो ।  बीएण्डसी दुर्गा प्रसाईँको कलेज हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय