काठमाडाैँ – नेपालले आयरल्यान्ड ए सँगको पहिलो खेलमा ६ विकेटको सहज जित निकालेको छ । १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नेपाली टोलीबाट ओपनर कुशल भुर्तेल खेलको अन्तिमसम्म रहेर सर्वाधिक ३७ रन बनाउन सफल भए भने क्याप्टेन रोहित पौडेल चाहिँ शून्य रनमा आउट भएका थिए ।

अर्का ओपनर आसिफ शेख १६ रन जोडेर आउट भएका थिए । त्यस्तै सन्दिप जोराले ३६ रन गुल्सन झाले ४ र दिपेन्द्र सिंह ऐरीले नट आउट रही १२ बलमा २० रन जोड्न सफल भएका थिए । खेलमा नेपाली टिमले ९ रन भने एक्स्ट्रा पाएका थिए ।

नेपाल र आयरल्यान्ड ए को दोस्रो खेल भोलि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय