लगातार हुस्सु र कुहिरो लागेपछि तराई र मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ।
निरन्तर हुस्सु लागेर चिसो स्याँठ चल्दा घर बाहिर निस्कन समस्या भएको छ। मधेशमा हुस्सु र कुहिरो लागेसँगै तापक्रम घटिरहेकोले चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।
चिसो बढेपछि तराई क्षेत्रका केही विद्यालय बन्द गरिएको छ।