dengue

अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्न उच्च अदालत तुल्सीपुरदे आदेश दिएको छ।

नेपालगन्ज मेडिकल कलेजका कर्मचारी संघ, संगठन र युनियनलाई अस्पतालको ओपीडी र शैक्षिक कार्यक्रमहरू बन्द गर्ने गरी आन्दोलन गर्न रोक लगाएको हाे।

Jhada

अस्पतालको ओपीडी र शैक्षिक कार्यक्रमहरू बन्द गर्ने गरी आन्दोलन गर्दै आएका कर्मचारी संघ, संगठन र युनियनलाई अस्पतालको ओपीडीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा संचालनमा रोक लगाउने, अवरोध गर्नेजस्ता क्रियाकलाप नगुर्न नगराउनु भन्ने अन्तरिम आदेश जारी गरेको छ।

मेडिकल कलेजका कर्मचारी संघ संगठन र युनियनले आन्दोलनलाई निरन्तरता दिने क्रममा ५ पुसदेखि कलेजको नेपालगन्ज र कोहलपुरमा रहेका शिक्षण अस्पतालको ओपीडी र शैक्षिक कार्यक्रम बन्द गरेका थिए। आन्दोलनरत कर्मचारी संघ, संगठन र युनियनले अस्पतालको इमर्जेन्सी, डाइलाइसिस, आईसीयु, एनआइसियु, शल्यक्रिया, प्रसूतिजस्ता अत्यावश्यक सेवा संचालनमा भने अवरोध गराएका थिएनन्।

उच्च अदालत नेपालगन्जका न्यायाधीश चन्द्रबहादुर सारु र पुन सिंह चन्दको इजलासले अदालतले ओपीडी र शैक्षिक कार्यक्रमहरू बन्द गर्ने गरी आन्दोलन नगर्नु भन्ने अन्तरिम आदेशसँगै कर्मचारीहरुको तलब भत्तालगायतका सेवा सुविधाका सम्बन्धमा सामूहिक सौदाबाजीको क्रियाकलाप गर्नु भन्ने आदेश दिएको छ।

नेपालगन्ज मेडिकल कलेजका कर्मचारी संघ, संगठन र युनियन भत्ता तथा तलब वृद्धि, पदोन्नती, स्थायी नियुक्ति, उपदान, सामाजिक सुरक्षा कोष, कर्मचारी कल्याण कोष, स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा र कलेजको संस्थागत विकासलगायतका माग गर्दै ४ असारदेखि चरणबद्ध आन्दोलन सुरु गर्दै आएका थिए।

९ पुसमा मेडिकल कलेजको ब्यवस्थापन पक्षले नेपालगन्जमा पत्रकार सम्मेलन गरी कर्मचारीले उठाएको तलब वृद्धिलगायतका मागलाई तत्काल सम्बोधन गर्न सक्ने आर्थिक अवस्था कलेजको नभएको बताउँदैं कलेजका सिईओ सन्तोषकुमार बीएनले कम्पनीले नेपाल सरकारले तोकेअनुसार कर्मचारीलाई तलब दिइरहेको पनि दाबी गरेको थिए। तर, आन्दोलनरत कर्मचारीहरुले नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा नपाएकै कारण बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन्।

अस्पतालको ब्यवस्थापन पक्षले नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा कर्मचारीहरुलाई दिइएको दाबी गर्दै आएको छ।

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा ६ सय २५ र कोहलपुरमा ७ सय २५ गरी १३ सय ५० जना चिकित्सक, स्वास्थ्यकर्मीसहितका कर्मचारी कार्यरत छन्। कलेजको नेपालगन्ज शिक्षण अस्पताल ३ सय कोहलपुर शिक्षण अस्पताल ७ सय ५० बेड क्षमताका छन् । दुवै शिक्षण अस्पतालको ओपीडी बन्द हुदा दैनिक करिब ८ सय बिरामी उपचार सेवाबाट समेत बन्चित भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय