dengue

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला (बिहीबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Jhada

‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। विगत तीन दिनदेखि तराई मधेस क्षेत्रका अधिकांश भूभागमा हुस्सु, कुहिरो र शितलहर चलिरहेको छ। जसको कारण तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

महाशाखाका अनुसार देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पानी पर्ने सम्भावना भने कतै देखिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय