dengue

काठमाडाैँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सरुवा गरिएको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तामाङलाई सरुवा गर्ने निर्णय गरेको हो। तामाङ यसअघि प्रहरी प्रधान कार्यालयकै अपराध अनुसन्धान विभागमा कार्यरत थिए। एआईजी किरण बज्राचार्य अवकास भएसँगै मंगलबारदेखि उक्त पद रिक्त भएको हो।

Jhada

उपत्यकाको सुरक्षा हेर्ने महत्वपुर्ण निकायमा सरुवा भएका तामाङ एआईजी दीपक थापाकै ब्याचि हुन्। आगामी चैतमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरको अवकासपछि तामाङ पनि आईजीपीका दाबेदार हुन्। त्यसपछि हालका तीन एआईजी मात्रै कार्यरत रहनेछन्।

तामाङसँगै सीआईबी प्रमुख दीपक थापा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी रहनेछन्। उनीहरु मध्ये एक जना चैत ५ गतेदेखि आईजीपी बन्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय