dengue

तोरी उत्पादन हुने जिल्लाका रुपमा  चितवन प्रख्यात छ।

यतिबेला चितवनका बारीहरु तोरी फुलेर पँहेलपुर देखिएका छन्। यसपालि तोरी खेतीका लागि मौसम अनुकूल भएपछि तोरी उत्पादन बढ्ने अनुमान गरिएको छ।  पाँच वर्षयता तोरी खेती गर्ने क्रम बढ्दै आएको भरतपुरस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

Jhada

ज्ञान केन्द्रका अनुसार जिल्लाभर गत आर्थिक वर्षमा १४ हजार ७ सय ५ हेक्टरमा तोरी खेती भएको थियो। यो वर्ष तोरीको क्षेत्रफल उल्लेख्य मात्रामा बढेको छ।  यस पटक चितवनमा २१ हजार ८ सय ५० हेक्टर जमिनमा तोरी खेती भएको छ।

चितवनको मेघौली तोरी फुलेर खेत पहेँलपुर बनेको छ। तोरी फुलेपछि खेतका दृश्य निकै मनमोहक देखिएको छ।

चितवनकाे मेघाैलीमा  तोरी फुलेर  देखिएको दृश्य :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय