dengue

गत वर्ष अक्टोबर ७ यता इजरायलबाट प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशी जीवितै रहेको इजरायलले जानकारी दिएको छ।

१४ महिनादेखि बन्धक बनाएका जोशी चाँडै काठमाडौँ फर्कने नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले बताएका हुन्। जोशी गाजा क्षेत्रमै रहेको सूचना पनि आफूहरूले पाएको उनको भनाइ छ।

Jhada

‘विपीन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं,’ वासले पत्रकारहरुसँग भने, ‘उनी छिट्टै काठमाडौँ फर्किनेछन्।’

विपीनलाई राखिएको ठाउँ भने पहिचान नभएको उल्लेख गरे।

हमासले विपीनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको छ। ८ जनालाई इजराइली सेनाले उद्धार गरेको छ। बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिएको छ।

विपीनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय