जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कार्कीगाँउबाट कुदुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा पर्दा उनीहरुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा कैलालीका २५ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमाल छन्।
दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन्।
उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
मृतक र घाइते सबै मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डअन्तर्गत स्याउलीबजारमा सडक स्तरोन्नतिको काम गरिरहेका थिए।