dengue

सहकारी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई बयानका लागि चितवन लगिएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी तथा ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक जाेशीलाई आइतबार कास्कीबाट चितवन लगिएको हो।

उनीमाथि चितवनको भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै उजुरी परेको छ। सोही विषयमा उनीमाथि चितवन प्रहरीले बयान लिन लागेको हो।

Jhada

जोशीसँगै सोही प्रकरणमा पक्राउ परेका रामबहादुर ढकाललाई पनि चितवन लगिएको छ। जोशीको बयानपछि रास्वपा सभापति तथा ग्यालेक्सी टेलिभिजनका पूर्वएमडी रवि लामिछानेको पनि चितवनमा बयान लिइने प्रहरीले जनाएको छ। लामिछानेको आइतबार काठमाडौंमा बयान भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय