माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेपछि सरकारी वकिल कार्यालयले अनुमति दिएको थियो। महराको बुधबार र बिहीबार सरकारी वकिल कार्यालयमा उनको बयान लिइएको थियो।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग सम्पर्क देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । बयानका क्रममा महराले इन्कारी बयान दिएका थिए। बयानमा उनले आफूले दाओजिन वाङलाई फलफूल व्यवसायी भएरमात्रै चिनेको बताएका हुन्। महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको बताइएको छ। फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार महरालाई छाडिएको हो।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय