राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ।
चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो। बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको पुष्टि गरे। साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिसकेको थियो।
असोज ८ मा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो। ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो।