मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अब ४ दिनसम्म प्रहरी हिरासतमा नै रहने भएका छन्।

मंगलबार पक्राउ परेका उनलाई बुधबार काठमाडौँ जिल्ला अदालतले पक्राउ परेका दिनबाट लागू हुने गरी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो। साइबार अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। ‘फेक डकुमेन्ट’ को सहारा लिएर प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए।

उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय