दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।
शुक्रबार शैल्यशिखरनगरपालिका–६ मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज (शुक्रबार) बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो।
१२ जना सवार १ ज३३८ नम्वर जिप सडकबाट तीन सय मिटर तल खस्दा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले जानकारी दिए।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट रहेका छन् ।
यस्तै बैतडीको डिलासैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो।
अन्यको पहिचान खुलिसकेको छैन। दुर्घटनामा परी चार जना घाइते भएका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डिएसपी दाहालले जानकारी दिए।