प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
प्रधानमन्त्रीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ। अस्वस्थ भएसँगै अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको छ।
रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए।